Sunday, March 20, 2016

अनौठो गाउँ, जहाँ केवल महिलाहरु मात्र होली खेल्छन्

उत्तर प्रदेशको हमीरपुरस्थित कुन्डरा गाउँमा पुरुषहरु होली खेल्दैनन्, केवल महिलाहरु मात्र खेल्दछन् । महिलाहरु मात्र होली खेल्ने परम्परा उक्त गाउँमा वर्षौँ देखि चलिरहेको छ । होलीको दिन उक्त गाउँका पुरुषहरु कि त गाउँ बाहिर जान्छन् कि त घरभित्रै थुनिएर बस्दछन् । गाउँका महिलाहरु स्थानीय रामजानकी मन्दिरमा जम्मा भएर फागु गीत गाएर आपसमा रंग लगाएर धुमधाम सँग होली खेल्दछन् । यसरी महिलाहरु मात्र होली खेल्नुको एउटा कारण छ । उक्त गाउँमा धेरै वर्ष पहिले होलीकै दिन डाँकुहरुले हमला गरेर केही मानिसको हत्या गरेका रहेछन् । उक्त हत्याकाण्डपछि गाउँमा होली मनाउन छाडिएको थियो । तर विस्तारै त्यहाँका महिलाहरुले होली मनाउन बन्देज लगाइएको उक्त नियमको विरोध सुरु गरे । महिलाहरुले होली खेल्नुपर्छ भनेर आ- आफ्ना लोग्नेहरुलाई सम्झाउन थाले । पुरुषहरु मान्नेवाला थिएनन् । त्यसपछि महिलाहरुले विद्रोह गरे र होलीको दिन स्थानीय मन्दिरमा जम्मा भएर होली खेल्ने फैसला गरे । त्यसयता हरेक वर्ष उक्त गाउँमा केवल महिलाहरु मात्र होली खेल्ने गरेका छन् । केवल महिलाहरु मात्र होली खेल्ने भएपछि त्यहाँ महिलाहरु निकै स्वच्छन्द पारेर यौनका कुराहरु पनि गर्दछन् र महिलाहरु खुल्ला पहिरनमा हुन्छन् । आफ्ना श्रीमती, छोरी चेलीहरु स्वतन्त्रतापूर्वक होली खेल्न सकुन् भनेर पुरुषहरु प्राय होलीको दिन बिहानै गाउँ छाड्छन् र गाउँमै बस्नुपरे पनि घर बाहिर निस्किँदैनन् ।

No comments:

Post a Comment