Monday, March 21, 2016
मुगुमा श्रीमान छाडेर देवरसँग भाग्दा…
मुगुमा एउटा अनौठो घटना भएको छ । जहाँ एक महिला श्रीमान छाडेर देवर नाता पर्ने पुरुषसँग भागेकी छिन् ।
अझ रोचक त के छ भने भागेर गएकी महिला देवरसँग दुई महिना बिताएर श्रीमानकै घर फर्किएकी छिन् । तर, श्रीमानको घर फर्किनु उनलाई महंगो परेको छ ।
त्यसको बदलामा उनले कुटाईका साथै पिसाब पनि खानुपरेको छ । घटना हो रुगा गाविसको । पीडित महिलालाई परिवारले त स्वीकार गर्यो तर, गाउँलेले कुटपिट गरी पिसाब खुवाएका छन् ।
देवरसँग भागेपनि छोराछोरीको बिचल्ली भएको भन्दै पतिले पत्नी स्वीकार गरे पनि गाउँलेले भने दुवै घरपरिवारलाई सामाजिक बहिष्कार गर्दै पीडित महिलालाई पिसाब खुवाएका हुन् ।
जिल्ला सदरमुकाम नजिकैको रुगा गाविस ८ फोइपाटाकी ३८ वर्षीया जनला बढुवाललाई गत सोमबार उनकै घरमा सातजनाले कुटपिट गर्नुका साथै पिसाब खुवाएपछि घटना प्रहरीसम्म पुगेको छ ।
घर फर्केकी दिदीलाई भिनाजुले स्वीकार गरिसके पनि गाउँलेले सामाजिक बहिष्कार गर्दै घरमै आएर कुटपिट गरी अमानवीय तरिकाले पिसाब खुवाइएको पीडित जनलाका भाइ जनबहादुर खड्काले बताए । उनका अनुसार पीडित परिवारले न्यायका लागि प्रहरीमा उजुरी दिएको छ ।
कुटपिटबाट घाइते भई जिल्ला अस्पतालमा उपचार गराइरहेकी पीडित जनलाको टाउकाको देब्रे भागमा पाँच टाँका लगाइएको छ ।
यता मुगु प्रहरीले अहिलेसम्म घटनामा संलग्नलाई पक्राउ गरेको छैन् । जिल्ला प्रहरी कार्यालय मुगुका इन्सपेक्टर लोकबहादुर जिसीले दैनिक नेपालसँग भने- घटनाको अनुसन्धान गरिरहेका छौं । अभियुक्तहरु छिट्टै कानुनी दायरामा आउँछन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment