Tuesday, December 1, 2015

परराष्ट्रमन्त्रीले भोलि सुष्मा स्वराजलाई भेट्दै, मोदीसित पनि भेट हुन सक्ने

१५ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालेे भारतीय समकक्षी सुस्मा स्वराजसित बुधबार बिहान भेटवार्ता गर्ने तय भएको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित पनि भेटघाट मिलाउने प्रयासमा छन् । भारतीय धर्मगुरु रवीशंकरलाई भेट्न सोमबार बैंगलोर गएका परराष्ट्रमन्त्री थापा मंगलबार नयाँ दिल्ली आएका छन् । मंगलबार कुनै महत्वपूर्ण भेटघाट नभएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसित बताए । श्रेष्ठका अनुसार भारतीय विदेशमन्त्री स्वराज र प्रमुख सुरक्षा सल्लाहकार अजित दोभलसित बुधबार भेटवार्ता गर्नेछन् । ‘मोदीसित पनि भेटवार्ताका लागि प्रयास भइरहेको छ । सम्भावना प्रवल छ,’ उनले भने । भारतीय प्रधानमन्त्री मोदी पेरिसमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर मंगलबार भारत फर्केका छन् ।

No comments:

Post a Comment