Thursday, December 24, 2015
संविधान संशोधनमा मोर्चाकाे मौन सहयोग रहन्छ: दाहाल
पुस ९, २०७२- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विधेयकको भाषामा कुरा मिले मधेसी मोर्चा मौन बसेर सहयोग गर्ने दावी गरेका छन् । उनले पुनर्निर्माण प्राधिकरण विधेयक पारित गर्दा झै मोर्चाको सहयोग रहने दावी गरे ।
'सिमांकनमा सहमति नहुन्जेलसम्म मोर्चाका नेताहरु सहमति हस्ताक्षर गर्नुहुन्छ जस्तो लाग्दैन,' रिपोटर्स क्लवको टोलीसाग बिहीबार कुरा गर्दै दाहालले भने 'तर, संविधान संसोधन विद्येयकमा मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।'आफ्नो ध्यान वार्ताबाट समस्याको समाधान तर्फ केन्द्रित रहेको भन्दै उनले भोलि(शुक्रबार) मधेसी नेताहरुसँग आफूले छलफल गर्ने जनाए ।
छलफलबाट संविधान संसोधन विधेयकको भाषामा सहमति जुट्ने विश्वास व्यक्त गर्दै दाहालले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलसँग पनि कुरा गरिरहेको बताए । भाषामा सहमति पछि आईतवारबाट संविधान संसोधन विधेयक अगाडि बढ्छ उनले भने ।
संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारबीच 'ब्रिजिङ'को भूमिकामा सक्रिय रहेको उनले बताए । उनले भने, 'सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुङग्याने विषयमा मधेसवादी दलहरु सहमतिमा आउनु पर्छ । त्यसबाट मात्रै निकास निस्कन्छ ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment