Saturday, December 19, 2015
बिरालोलाई मेयर बनाउन किन चाहन्छन् यो सहरका जनता ?
के कुनै बिरालो सहरको मेयर बन्न सक्ला ? आखिर जनता जनार्दनले चाह्यो भने नहुने कुरा केही छैन । यस्तै भएको छ रुसको साइबेरियामा ।
भ्रष्टाचार तथा नातावादबाट आजित भएका साइबेरियास्थित बनौल सहरका जनताहरुले बिरालोलाई मेयर पदमा भारी बहुमतका साथ निर्वाचित गरेका छन् ।
स्थानीय लोकप्रिय सोसल मिडिया वेबसाइटमा गरिएको एक मत सर्भेक्षणका क्रममा जनताको यस्तो चाहना प्रकट भएको छ ।
त्यसमा मानिसहरुले आफहरु नेताहरुको स्वार्थी प्रवृत्तिका कारण दिक्क भएको र अब बिरालोलाई मेयर बनाउन चाहेको कुरामा सहमती जनाएका छन् ।
५४ सय मानिसहरुमा मत सर्भेक्षण गरिएकोमा ९१ प्रतिशतले एउटा स्कटिस फोल्ड प्रजातिको बिरालोलाई मेयर पदमा भोट दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment