Friday, December 25, 2015
थापाले बेइजिङमा गरे आठ बुँदे सहमति
काठमाडौं : चीनबाट इन्धन आपूर्ति गर्नेलगायतका विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा बेइजिङमा आठबुँदे सहमति भएको छ।
थापा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा उक्त सहमति भएको बताइएको छ।
भेटवार्तापछि सहमति भएका विषयलाई संयुक्त विज्ञप्तीको रुपमा जारी गरिएको छ। सहमतिमा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने बुँदालाई महत्वका साथ उल्लेख गरिएको छ।उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदान गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई गति प्रदान गर्नेलगायतका बुँदाहरु सहमतिमा छन्।
द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमापरराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गरिने जानकारी गराए। द्विपक्षीय वार्तामा चीनका विदेशमन्त्री वाङ यीले आन्तरिक राजनीतिक संक्रमण सफलता साथ पार गरेर नेपाल ऐतिहासिक रुपमा आर्थिक विकासको युगमा प्रवेश गरेको र त्यसमा सहयोग गर्न चीन निकै उत्सुक रहेको बताएका थिए ।
चीनका विदेश मन्त्री वाङ यीले चीन, नेपाल र भारतले त्रिदेशीय आर्थिक करिडोर निर्माण गरी संयुक्त फाइदा लिनु पर्ने बताए । १० सदस्यीय नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि बेइजिङ पुगेका मन्त्री थापाले बिहीबार चिनियाँ उपराष्ट्रपति लि युआनचाओसँग भेट गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment