Thursday, December 31, 2015
लाहोरबाट वेपत्ता भएकी तीन पाकिस्तानी महिला आईएसमा
१६ पुस, काठमाडौं । लाहोरबाट वेपत्ता भएकी तीन महिला चरमपन्थी संगठन इस्लामिक स्टेटको सदस्य बनिसकेको पाकिस्तान पुलिसले बताएको छ ।
पाकिस्तान पुलिसका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताए अनुसार तीन महिला सरियामा छन् । पाकिस्तानबाट महिला इस्लाकि स्टेटमा संलग्न हुने भएको यो पहिलो घटना मानिएको छ ।
पाकिस्तानी सेना र गृह मन्त्रालयले पटकपटक आईएसको उपस्थिति अस्वीकार गर्दै आएको थियो ।
बीबीसीले पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै जनाए अनुसार ती महिलाहरु आफ्नो बच्चासहित सीमा पार गरेर इरान पुगे र त्यहाँबाट उनीहरुलाई सिरिया लगिएको छ । सुरुमा उनीहरु अपहरणमा परेको अनुमान गरिएको थियो ।
यसैसाता मात्र आतंकवाद विरोधी पुलिसले आठ संदिग्धलाई गिरफ्तार गरेको दाबी गरेको थियो । र, आईएसप्रति झुकाव राख्ने एक ग्रुपलाई सार्वजनिक गरेको थियो ।
प्रहरीका अनुसार सिरिया पुगेका महिला मध्ये एक लाहोरको एक इस्लामिक केन्द्रकी पि्रन्सिपल हुन् । उनी सेप्टेम्बरमा आफ्नो चार बच्चासहित घर छाडेर गएकी थिइन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment