४ पुस, रौतहट । रौतहटको हर्दियापल्टुवा गाविस वडा नम्बर तीनमा दुई जना शव फेला परेको छ । हत्या गरी फालिएको अवस्थामा आमा रेणु साह र छोरी अंकिता साहको शव फेला परेको हो ।
स्थानीय प्राथमिक विद्यालयको पछाडिट्टि रहेको खाली चौरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई शव फेला परेका हुन् ।
शुक्रबार राति नै हत्या गरेको जस्तो देखिने शव स्थानीयबासीले शनिबार बिहान फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी अहिले घटनास्थलमा पुगेको छ । घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकका आफन्तको खोजी सुरु गरेको छ ।
No comments:
Post a Comment