Wednesday, December 16, 2015

मधेसी मोर्चाले अवरोध गरे पनि संविधान संशोधन प्रक्रिया नरोकिने (सभामुख घर्ती भन्छिन्-भोलिबाट सैद्धान्तिक छलफल सुरु हुन्छ )

२ पुस, काठमाडौं । मधेसवादी दलहरुको अवरोधका बीच पनि संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने भएको छ । सभापति ओनसरी घर्तीले विहीबार यसबारे प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेकी छन् र अब उनले शीर्ष नेताहरुसँग परामर्श गर्दैछिन् । प्रमुख सचेतकहरुसँगको छलफलमा संविधान संशोधन प्रक्रिया भोली (शुक्रबार)बाटै अगाडि बढाउने समझदारी भएको छ । सभामुख घर्तीका अनुसार संसदको शुक्रबारको बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनेछ । सभामुख घर्तीले एकजना सांसदले अवरोध गर्दैमा संशोधन प्रक्रिया नरोकिने बताइन् । यद्यपी संविधान संशोधनका विषयमा भने दलहरुबीच सहमति हुनु राम्रो हुने उनले बताइन् । मधेसी मोर्चाले संविधान संशोधनका केही बुँदामा असन्तुष्टि जनाउँदै संसद अवरुद्ध पार्दै आएको छ ।

No comments:

Post a Comment