धादिङ, पुस ७ । धादिङको धार्केमा माईक्रोबस दुर्घटना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख ३८७ नम्बरको माईक्रोबस रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ भने गम्भीर अवस्थाका घाइतेहरुलाई काठमाडौं पठाइएको छ ।
No comments:
Post a Comment