धादिङ: अबैध रुपमा बीच बाटोमा तेल बेचेको आरोपमा आज पृथ्वीराजमार्ग अन्तरगत धादिङ जिल्लाको धार्केबाट ७ वटा डिजेल बोकेको ट्याङकर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याङकरको शिल तोडी राजमार्गका होटल साहुहरुलाई तेल बेचेको आरोपमा ट्याङकर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
१२ हजार लिटर डिजेल बोक्ने क्षमताको ७ वटा ट्याङकर र चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
ट्याङकरको शिल तोडी कति परिमाणमा तेल बेचेको हो भन्ने अहिलै सम्म यकिन हुन सकेको छैन ।
No comments:
Post a Comment