Saturday, December 19, 2015

जनकपुरका शिक्षण संस्था बन्द गराउन खोज्ने विद्यार्थी नेता पक्राउ

५ पुस, धनुषा । शिक्षण संस्था बन्द गराउन खोजेको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीको निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झालाई जनकपुर प्रहरीले आइतबार पक्राउ गरेको छ । झालाई जनकपुरको क्याम्पस चोकबाट आइतबार विहान प्रहरीले पक्रेको हो । मधेस आन्दोलन सफल नभएसम्म विद्यार्थीहरुबाट शुल्क नलिन गरिएको आग्रह शिक्षण संस्थाहरुले अटेर गरेको भन्दै समाजवादी विद्यार्थी संघका अध्यक्ष झा लगायतका विद्यार्थीहरुले क्याम्पस बन्द गराउन खोजेका थिए । सोही क्रममा तनावको स्थिति सिर्जना भएपछि उनलाई पक्रेको प्रहरीले जनाएको छ । आन्दोलनरत मधेस केन्द्रित दलहरुले शिक्षण संस्थाहरु विहानको समयमा खोल्न दिने निर्णय यसअघि नै गरिसकेका थिए ।

No comments:

Post a Comment