Saturday, December 19, 2015
सन् २०१५ मा स्वास्थ्य क्षेत्रका महत्वपूर्ण ३ उपलब्धी
समयको कसीमा वर्ष सन् २०१५ चिकित्सिा क्षेत्रको लागि एक हदसम्म उपलब्धीपूर्ण वर्ष बनेको छ । यो वर्ष चिकित्सा क्षेत्रमा केही महत्वपूर्ण खोज तथा सफलताहरु प्राप्त भए । जसमध्ये ३ महत्वपूर्ण उपलब्धी यी हुन्ः
डेंगु भ्याक्सिन
हालै मेक्सिकोमा डेंगु भ्याक्सिनलाई चिकित्सा प्रयोग परीक्षणका लागि अनुमति प्रदान गरिएको छ । अहिलेसम्म भएका परीक्षणमा यो भ्याक्सिन डेंगु जस्तो घातक रोगको रोकथाममा उपयोगी सावित भएको छ । यो भ्याक्सिन सन् २०१६ मा डेंगुको रोकथाम तथा उपचारका लागि चिकित्सा जगतमा विश्वव्यापी रुपमा व्यापक प्रयोगमा आउने विश्वास गरिएको छ ।
रक्त परीक्षणबाट क्यान्सरको जाँच
बेलातको ब्याडफोर्ड विश्वविद्यालयमा क्यान्सरको जाँचका लागि लिम्फोसाइट जिनोम सेन्सिटीभिटी नामक परीक्षणका माध्यमबाट एक साधारण रक्त परीक्षणको माध्यमद्धारा क्यानसर कोसिकाको परीक्षण गर्ने विधिको खोज गरिएको छ । यो सँगै सामान्य रक्तपरीक्षणबाट क्यान्सर भए नभएको जाँच गर्न सकिनेछ ।
हेपाटाइटिस सी को उपचार
सन् २०१५ हेपाटाइटिस सी का रोगीहरुका लागि निकै शुभ रह्यो । सोफोसाविर तथा लेडीप्यासविर नामक तत्वयुक्त औषधिको आविष्कार सँगै अब हेपाटाइटिस सी असाध्य रोग रहेन र यसको सही उपचार सम्भव भयो । यो औषधि विरामीले लगातार ३ महिना खानुपर्नेछ । यो औषधि विश्वबजारमा उपलब्ध भैसकेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment