Saturday, December 19, 2015

पार्टनरको अगाडि भुलेर पनि नगर्नुस् यस्ता हर्कत

जब हामी कसैसँग प्रेममा हुन्छौँ तब हमेशा हाम्रो कोसिस रहन्छ की आफ्नो पार्टनरले विशेष अनुभुति गर्ने खालको काम गरौँ । यस्तोमा हामीहरु कहिलेकाहीँ बेहोसी हुन्छौँ र पार्टनरलाई सरप्राइज दिने वा खुसी बनाउने निहुँमा के कामकुरा गरिरहेका छौँ भन्ने कुराको हेक्का समेत राख्न सक्दैनौँ । आफुले गरेका कामकुराले पार्टनरलाई कस्तो असर पुग्दा भन्ने कुराको ख्याल गर्दैनौँ । कहिलेकाहीँ यस्ता हर्कतले सकारात्मक नतिजा ल्याउनुको साटो सम्बन्धमै दरार उत्पन्न गर्नसक्छ । त्यसलै हामीले यो कुराको हेक्का राख्न जरुरी हुन्छ की कस्ता कामकुरा पार्टनरलाई मन पर्दैनन् र कस्ता कामकुराहरु उनलाई मन पर्छन् । जे बोल्नुछ स्पष्ट बोल्नुहोस् । आफ्नो अगाडिको मान्छेमा सबैभन्दा पहिले नोटिस गर्ने कुरा भनेकै उसको बोलीबचन हो । तपाइँले बोल्ने शव्दहरु सही छैनन्, बोलिमा मिठास छैन वा तपाइँको कुराले आफ्नो मनको भावनालाई सही तरिकाले प्रकट गर्न सकिरहेको छैन भने त्यसले तपाइँको पार्टनरको चित्त नबुझाउन सक्छ । तपाइँको यस्तो बोली व्यवहारपछि आपसी सम्बन्ध नै टुंगिने वा तपाइँको पार्टनरले तपाइँसग अबदेखि कुराकानी गर्न वा भेट्नै छाड्ने स्थिति पनि आउन सक्छ । आफ्ना भावनाहरुलाई नियन्त्रणमा राख्नुस् । बेमतलब भएर कुनै कुरामा अट्टहास गर्नु वा चुकचुकाउने काम तपाइँको पार्टनरलाई मन नपर्न सक्छ । यसले तपाइँको समझदारीमा समेत शंका पैदा गर्नसक्छ । त्यसैले तपाइँले कसैसँग कुरा गरिरहनुभएको छ भने मनोवेगलाई नियन्त्रण गर्नुस्, उसका कुरा पूरै सुन्नुहोस् र बुझिसकेपछि आवश्यक परेमा मात्रै सन्तुलित प्रतिक्रिया दिनुस् । घुर्ने काम गर्दै नगर्नुस् । भलै तपाइँले उनलाई खुबै मन पराउनुहुन्छ र एकटकले हेरिरहुँ जस्तो लागेर क्वारक्वार्ती हेरिरहनुहुन्छ । तर तपाइँले यसरी घुरिरहनुभयो भने पार्टनरलाई असजिलो हुनसक्छ र तपाइँप्रति नकारात्मक भावना पैदा हुनसक्छ । यसले तपाइँको इमेजलाई पनि खराब गर्नसक्छ । सामुन्ने उपस्थित व्यक्तिसँग नजर जुधाउने तथा बोल्ने तरिकामा ध्यान दिनुहोस्, घुरेर नहेर्नुहोस् । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment