Friday, December 25, 2015
नेपालगन्ज रुपेडिया नाका थुन्ने प्रयास दुई घन्टामै असफल, सहज आपूर्ति
नेपालगन्ज : नेपालगन्ज रुपेडिया नाकालाई फेरि अवरुद्ध गर्ने मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रयास शुक्रबार असफल भएको छ ।
मोर्चाका केही कार्यकर्ताहरु शुक्रबार बिहान सात बजेदेखि नौ बजेसम्म नाकास्थित दसगजामा प्रदर्शन गर्दै अवरोधको प्रयास गरेका थिए। तर सुरक्षाकर्मीको प्रयोग तथा स्थानीय प्रतिरोधका कारण उनीहरुको अवरोध दुईघन्टा पनि टिक्न सकेन।
नाका अवरोध गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य रामकुमार दिक्षित लगायत ४ जनालाई प्रहरी नियन्त्रण लिएको छ । अन्य प्रदर्शनकारी भागेका थिए। नौ बजेपछि नै नाका सुचारु भएको थियो।
मंसिर २२ गतेमा पुर्ण रुपमा खुलेको नेपालगन्ज रुपेडिया नाकामा शुक्रबार बिहान अवरोध गर्ने प्रयास विफल भएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरि बहादुर गुरुङले जानकारी दिए।
सहायक निरीक्षक गुरुङले अहिले धमाधाम इन्धन लगायतका मालवाहक गाडि भित्रिरहेको जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment