Sunday, December 27, 2015
'ओली मधेस विरोधी भएकै कारण सहमति भएन'
पाल्पा : नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली मधेस विरोधी भएकै कारण मधेसको समस्या समाधान हुन नसकेको बताएका छन्।
नेपाली काँग्रेस पाल्पाले तानसेनमा राखेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता पौडेलले भने, 'प्रधानमन्त्री ओलीजीले मधेसको भावनालाई नबुझेकाले समस्या उब्जेको हो।
प्रधानमन्त्री नै मधेस विरोधी भएकै कारण अहिले सहमति जुटाउन कठिन भएको छ।'
पौडेलले सरकारले अरु कुरा मिलाएर भए पनि बन्द हडताल अन्त्य गर्नुपर्ने बताउँदै उनले नेपाली जनताले धेरै दुःख पाइसकेको र अबका दिनमा यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए।
मुलुकलाई सङ्कट आइपर्दा काँग्रेस नै अगाडि सर्नुपर्ने भएकाले मधेसको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै उपसभापति पौडेलले भने, ‘अहिलेको समस्या समाधान गर्न तराईका जनताको भावनालाई काँग्रेसले प्रतिनिधित्व गर्दै बुझ्न सक्नुपर्दछ।'
संविधान संशोधन गरेर भए पनि तराईको समस्या समाधान गर्न पौडेलले आग्रह गर्दै सीमाङ्कन, जनसङ्ख्या र समानुपातिकका कुरा काँग्रेसले उठाउँदै आएको जिकिर गरे।
अहिले संविधान जारी गरेको ठीक काम भएको बताउँदै उनले विगतको भद्र सहमतिको कुराकै कारण सबै कुरा पार्टीभित्र आउँदै गरेको महाधिवेशनप्रति लक्षित गर्दै उहाँले भन्नुभयो– “विगतमा ‘टेष्ट’ सुशील कोइराला र शेरबहादुर देउवाको भइसकेको छ ।'
नेता पौडेलले कांग्रेसको नेतृत्वमा बनेको नयाँ संविधान संसारकै उत्कृष्ठ भएको र यसले सबै जातजाति, धर्म र संस्कृति तथा हरेक क्षेत्रका अधिकारलाई समान रुपमा प्रदान गरेको बताए ।
उनले लोकतान्त्रिक प्रक्रियालाई आगडि बढाउन र लोकतन्त्रलाई मजवूत गर्नका खातिर नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको प्रधानमन्त्री पदका लागि उम्देदवार दिएको स्पष्ट पारे ।
कांग्रेसका अर्का नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले, प्रधानमन्त्री केपी शर्मा ओली मुलुकका गम्भीर समस्याको समाधानमा उदासिन हुँदै सरकार टिकाउनका लागि मन्त्रालय थप्ने र टुक्राउने खेलमा लागेको बताए । उनले वर्तमान सरकार आफ्नै कारणले अलोकप्रिय हुँदै गएको आरोप लगाए ।
डा.महतले भने, उपप्रधानमन्त्री बनाउने कारखाना जस्तै भयो ओली सरकार यो सरकार अल्पायुको हुनुमा पनि स्वयं ओली नै दोषी छन् । दुवै कार्यक्रम कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाको सभापतित्वमा भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment