सम्पूर्ण मधेसी दाजुभाइ तथा दिदीबहिनीहरुले निम्न प्रश्नहरू आफुले आफैलाई सोध्नु होला । आजको
युग हामी राजनीतिक कार्यकर्ता भएर देश र हाम्रो भविष्यलाई अझै अन्धकारमै धकेल्ने होइन, राष्ट्रको
एक महत्वपूर्ण शक्ति भएर राष्ट्रलाई शान्ति र
समृद्धितर्फ अगाडि बढाउने बेला हो । मधेसको आगो निभाउने पहिलो जिम्मेवारीतपाईहरुको हो, त्यसका लागि
हामी पहाडका युवाहरु जुनसुकै बेला साथ दिन तयार छौं ।
मधेसमा पहाडेले र पहाडमा मधेसीले केही पागलहरुबाट अपहेलित हुनु कुनै ठुलो कुरा
होइन (यो संसारका जुनसुकै ठाउँमा हुने कुरा हो; भारत, अमेरिकाजस्ता राष्ट्रहरुमा अझ बढी ) तर, त्यसको रीस सम्पूर्ण समुदायलाई नै पोख्नु एकदम गलत
हो ।
कुनैबेला मधेसी समुदायमात्र हैन, सम्पूर्ण
राष्ट्र नै सामन्तहरुद्वारा
शोषित तथा साशित थियो । पढ्न
बाट बन्चित यो राष्ट्र आज सम्पूर्ण
जात, जातिको साझा
फूलबारी बन्ने तरखरमा छ । नेपालको संविधान २०७२ ले रोपेको बिउलाई हामी सम्पूर्ण युवाहरुले मलजल तथा गोडमेल गरी “सयौं थुँगा फूलका
हामी एउटै माला नेपाली” लाई सार्थक बनाउनुपर्छ । नत्र न यो देश फूलबारी
बन्नेछ, न हामी
फूल बनी फक्रन पाउनेछौं ।
हो आज निजामती कर्मचारीमा एकल जातिको बाहुल्य छ । तर, यो आजको संविधानको उपज नभई २०४७ सालको संविधानको उपज हो । अनि फेरि हामीले आज अरुसमुदायलाई गाली गर्नु भन्दा आफ्नो समुदायलाई पनि हेर्न जरुरी छ । हाम्रो समुदायमा उच्च शिक्षा हासिल गरेका युवाहरु कति छन् ? तिनले अवशर
पाएका छन् कि छैनन् ?संबैधानिक निकायमा प्रतिनिधित्व छ कि छैन ? यसतर्फ विचार गर्न जरूरी छ ।
प्राकृतिक सम्पदा, अखण्डता
र सुन्दरताले सम्पन्न हाम्रो राष्ट्रले न हाम्रो बाबुबाजेकाजीवनकालमा उत्तरदायी राजनीतिक नेताहरु पायो, न हामीले पाएका छौं । आजयिनीहरुको भागबन्डामा हामी देशलाई जलाएर आफैं जल्ने कि हामी सचेत युवा भएरआगो निभाई शान्ति र समृद्धिको बिउ छर्ने ? यसबारेमा छलफल जरूरी
छ ।
त्यसैले,
मधेसी युवाहरू
हो, एकपटक आफैंलाई यी
प्रश्नहरू सोध्नुहोस्
१. के मैले
संबिधान पढें ?
२. मैले दलित, थारु, जनजाति, खस आर्य, महिला र
पिछडिएका बर्ग झैँ (समावेशी)आरक्षण पाएको छु कि छैन ? (“समानुपातिक समावेशिता” प्रस्तावनामा
रहेको छ, मोर्चाले
चाहे संविधान संशोधन पारित हुन्छ)
३. मैले राष्ट्रको कुनै पनि अधिकार, अवसर, सेवा
र सुबिधाबाट बन्चित हुनुपरेको छ कि छैन?
४. ८ जिल्ला मात्रै मेरो हो ? या पुरै
७५ जिल्लै मेरो ?
५. हिमाल, पहाड
र तराईमध्ये सबैभन्दा अविकशित र विकट क्षेत्र कुन हो ?
६. अधिकारको
लडाइँ भनिएको आजको आन्दोलन किन सीमांकनमा अड्किएको छ ? सीमांकनले मधेसी समुदायलाई कसरी अवसर दिनेछ ? (झापा, मोरंग
र सुनसरी साक्षरता ६०% भन्दा बढी छ, मधेसका ८ जिल्ला ५०% भन्दा तल
छ) मधेसमा तीन
जिल्ला थप्दा प्रदेशसभामा तीन जिल्लाकै बाहुल्यता
हुन्छ कि हुँदैन ।
७. के कुनै
मधेसी आजको दिनमा पहाडबाट अपहेलित भर्इ बसाइ सर्नु परेको छ ? केपहाडेहरुले मधेसबाट बसाइ सर्नु परेको छ ?
८. मधेसका ८
जिल्लामा शोषण, जमिन्दारी
र राज गर्ने पहाडेहरुको नाम सार्बजनिक गरौँ, हामी पनि
त्यसको बिरोधमा उत्रिनेछौं । के यसो गर्न सकिन्छ ?
९. म एक
सचेत युवा हुँ कि कुनै राजनीतिक दलको कार्यकर्ता मात्र ?
१०. म र
पहाडका युवामा अधिकार, अवसर, सेवा
र सुविधामा केही फरक छ ? कि
मैले पहाडेले (खसहरूले)
भन्दा आरक्षणसहितको प्राथमिकता पाएको छु ?
११. मेरो नागरिकता र पहाडेको नागरिकतामा केही फरक छ?
No comments:
Post a Comment