Sunday, December 20, 2015

२०१५ का भाइरल फोटोहरु जुन वास्तवमा नक्कली थिए (फोटो फिचरसहित)

इन्टरनेटको यो युग अफवाहको युग पनि हो । इन्टरनेटमा आएका सबै कुरालाई पत्याउन थालेमा वित्यासै पर्छ कहिलेकाहीँ । इन्टरनेटमा धेरै नक्कली तथा बनाबटी तस्वीरहरु शेयर गरिन्छ दिनदिनै । यो अनौठो होइन । तर अचम्म त तब लाग्छ जब यस्ता नक्कली तथा फर्जी फोटोहरु पनि साँच्चीकै जस्तो गरेर मानिसहरुले एकाएक शेयर गर्दछन् र रातारात भाइरल बन्दछन् । कतिपय सेलिब्रेटीहरुले पनि दायाँबायाँ नसोँची यस्ता तस्वीर शेयर गरिदिँदा सर्वसाधारण झनै विश्वासमा पर्छन् र त्यो नक्कली तस्वीरलाई सक्कली ठानेर संचार माध्यमहरुले समेत हावा समाचारहरु पस्किन थालेपछि सनसनी नै मच्चिन्छ ।
यो वर्ष सन् २०१५ मा पनि इन्टरनेटमा यस्ता फर्जी तस्वीरहरु करोडौँको संख्यामा शेयर भए होलान् । तर केही यस्ता नक्कली तस्वीरहरु भने साँच्चीकै भाइरल बने । आखिरमा यस्ता फोटोहरु नक्कली तथा गलत रहेको वा बनाबटी रहेको पत्तो लागेसँगै फोटोहरु शेयर गर्ने गन्यमान्यहरुले माफी समेत मागे । अर्ल्वर्ट आइन्स्टाइन साइकलमा चढेको देखि लिएर दिपावलीको अवसरमा भारत झिलिमिली बलेको देखाइएको नासाको तस्वीर सबै नक्कली थिए तर निकै चर्चित रहे । यो वर्ष भाइरल बनेका यस्ता फर्जी तस्वीरहरु र तिनका सक्कली झलक हेरौँ न एकछिन

No comments:

Post a Comment