Sunday, December 20, 2015
वैज्ञानिकहरुको दाबीः शक्तिशाली भुकम्पबाट पोखरा उपत्यका बन्यो
काठमाडौं– हालै सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा हालको काठमाडौंपछिको दोस्रो ठूलो शहर पोखरा मध्ययुगिन समयमा आएको विनाशकारी भुकम्पबाट बनेको दाबी गरिएको छ । जर्मन अनुसन्धानदाताले अध्ययन गरेर सार्वजनिक गरेको रिपोर्टमा मध्ययुगिन समयमा आएको विनाशकारी भूकम्पपछिको भग्नावशेषबाट पोखरा बनेको दाबी गरिएको हो । अनुसन्धानदाताहरुले साइन्स म्यागजिनमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सन् ११००, १२२५ र १३४४ मा ८ म्याग्निुच्यूडभन्दा माथिका विनाशकारी भुकम्प गएको निश्कर्ष निकालिएको छ । पोट्सडाम विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको उक्त अनुसन्धानमा भुकम्पको कारण अन्नपूर्ण हिमश्रृंखलाको ६० किलोमिटर दूरीसम्म रोडा, चट्टान र बालुवाहरु यत्रतत्र छरिएको निश्कर्ष समेत निकालिएको छ । सो भुकम्पले त्यतिबेला जनधनको व्यापक क्षतीसमेत भएको थियो । अनुसन्धामा संलग्न त्रिस्टोफ एन्डरम्यानले भयानक भुकम्पपछि यस क्षेत्रमा भौगोलिक तथा आर्थिक पुर्नसंरचना सुरु भएको तर्क गरेका छन् । अनुसन्धानदाताहरुले पोखरा उपत्यका नजिकै भेटिएको एक ठूलो ढुंगालाई पनि भुकम्पसँग जोडेर हेरेका छन् । -
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment