Monday, December 21, 2015
धेरै सहृयौं, अब सरकारले सहँदैनः प्रधानमन्त्री
६ पुस, सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा तोडफोड र आगजनी गर्ने तथा देशविरुद्ध अभिव्यक्ति दिनेहरुलाई अब सरकारले कारबाही गर्ने बताएका छन् ।
सुनसरी एमालेको जिल्ला परिषद् उद्घाटनपछि सम्बोधन गर्दै ओलीले भने-‘आन्दोलनका नाममा भएका धेरै आगजनी, देशविरुद्धको अभिव्यक्तिहरु हामीले धेरै सहृयौं । अब सरकारले सहँदैन ।’
शान्तिपूर्ण आन्दोलन भनेर चौकीमा आक्रमण गरेको भन्दै उनले तिनीहरुलाई कारबाही गर्दा दमन गर्यो भन्नुको अर्थ नहुने बताए । उनले भने, हिंसात्मक आन्दोलन हुँदा, सरकारले हेरेर मात्र बस्नु पर्ने हो ?’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment