Tuesday, December 22, 2015

संयुक्तद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता

पुस ७, २०७२- नेकपा संयुक्तले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय समितिको बैठकले अढाई महिनाअघि भएको प्रधानमन्त्री निर्वाचनमा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बैठकपछि संयुक्तका अध्यक्ष गणेश शाहले कान्तिपुरसित भने, ‘सरकारले मुलुकको समस्याहरु सम्बोधन गर्न नसकेको, मन्त्रिमण्डलको गतिविधि सन्तोषजनक नभएको, कालाबजारीमा सरकारकै संलग्नता देखिएकोले समर्थन फिर्ता लिने निर्णय गर्‍यौं ।’ संसदमा संयुक्तका तीन सांसद् छन् । असोज २४ गते कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ओली निर्वाचित भएका थिए । संसदमा उपस्थित ५८७ जनामध्ये ओलीले ३३८ मत पाएका थिए ।

No comments:

Post a Comment