९ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा चिसो झन बढेको छ । बुधबारको तुलानामा आज बिहीबार झन चिसो बढेको छ ।
बिहीबार विहान ८ः४५ मा काठमाडौं उपत्यकाको तापक्रम शुन्य दशलमलव शुन्य (०.०) डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बुधबार ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन पछिल्लो दुई वर्षकै कम तापक्रम हो ।
पछिल्लो दुई सातामा काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । मौसममा परिर्वतन नहुने र यहि अवस्थामा रहने हो भने तापक्रम अझै घट्नेछ ।
No comments:
Post a Comment