Sunday, December 27, 2015
सिमेन्ट उद्योगका उपकरणमा आगजनी, करोडौं क्षति
घटनास्थलमा नेकपा माओवादीको पर्चा
जोगीमारा (धादिङ) : जोगीमाराको जवाङ खोलामा रहेको अन्नपूर्ण क्वेरिजमा रहेको चारवटा स्काभेटरमा आगजनी भएको छ ।
तराईमा रहेका विभिन्न सिमेन्ट उद्योगहरुलाई ढुङ्गा निर्यात गर्दै आएको अन्नपुर्ण क्वेरिज कम्पनीमा चालु अवस्थामा रहेका चारवटा स्काभेटर र एउटा टिपरमा गएराति अज्ञात सम्ुाहले आगजनी गरेका हुन् ।
आगजनीबाट तीनवटा नयाँ स्काभेटर, एउटा पुरानो स्काभेटर र एउटा टिपर ध्वस्त भएको छ । आगजनीबाट अन्य ६ वटा टिपरहरुमा सामान्य क्षति पुगेको छ ।
क्षति भएका स्काभेटर र टिप्पर एकै व्यक्तिको नाममा रहेको फर्म ‘प्रेमा कन्ट्रक्सन’ को नाम रहेको खुल्न आएको छ । प्रेमा कन्ट्रक्सन जिल्ला विकास समिति धादिङको राजस्व शाखामा कार्यरत तुफैल अहमद खाँको हो ।
‘राति सवा ८ बजेतिर ढुङगाखानीको कम्पनीमा तीन चार राउण्ड गोली चलेको सुन्यौ’, आगजनी भएपछि आगो निभाउन पुगेका जवाङखोलाका स्थानीय अम्वर बहादुर गुरुङले भने, ‘पछि हेर्दा त कम्पनीका डोजरहरुमा आगो लगाएको रहेछ ।’
गोली चलेजस्तो आवाज आएपछि आगजनी भएको र त्यसपछि स्थानीयहरुले पानी छर्केर आगो निभाएको गुरुङले बताए ।
राजमार्गबाट ३०० मिटर दुरीमा रहेको ढुङ्गा खानीमा रोकेर राखेका बा २ क ८६६, बा २ क १९४३, १९४२ नयाँ स्काभेटरहरु र बा १ क ९७५९को टिप्परमा आगजनी भएको हो ।
आगजनीकर्ताहरुले ना १ प २४१८ स्काभेटरमा आगजनी गरेर नेपाल कम्युनिष्ट पार्टी माओवादी, केन्द्रिय कार्य समितीको प्रेसमा छापेको विज्ञप्ती समेत राखेका थिए ।
पर्चामा भारतीय विस्तारवाद, नाकावन्दी, भारतीय लगानीका उद्योग, भारतले पारवहन सन्धि उल्लंघन गरेको कुरा उल्लेख गरिएको छ ।
दुई स्थानमा आगजनी गरिएका स्काभेटर र टिप्परनजिकै अन्य व्यक्तिका ३ वटा स्काभेटर र टिपर थिए । तर ती टिपरमा कुनै क्षति पु¥याएका छैनन् ।
आगजनीपछि थप उपकरणहरुमा क्षती पुग्न नपाउदैं मझिमटार स्थित प्रहरी र आदमघाटबाट सशस्त्र प्रहरी पुगेपछि आगजनीकर्ताहरुले डाँडाबाट हवाई फायर गरेको स्थानीयवासीहरुलाई उधृत गर्दे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक डासु गिरीले जानकारी दिए ।
४० वर्षदेखि संचालनमा रहेको जोगीमाराकोउक्त ढुङ्गा खानीले भैरहवाको रिलायन्स सिमेन्ट, हेटौंडाको शिवम् सिमेन्ट र सिमराको युनिटेक सिमेन्टलाई आवश्यक कच्चा सामग्री उत्पादन तथा संकलन गरेर बेच्ने गरेको छ ।
यस खानीबाट जिल्ला विकास समिती धादिङले हरेक वर्ष ८० देखि ८८ लाख नगद निकासी कर असुल गर्छ । कर असुली शाखाको मुख्य जिम्मेवारी स्काभेटर आगजनी भएका तुफैल अहमद खाँ नै भएकाले आगजनी थप रहस्यपूर्ण भएको एक स्थानिय बताए ।
कम्पनीका म्यानेजर भोजराज कोइरालाको अनुसार मुखमा मास्क लगाएका केही युवाहरु आएर पहिले कम्पनीको स्काभेटरमा आगो लगाएको र पछि तुफेलको स्काभेटरमा आगो लगाइएको हो ।
गत वर्षको माघ १७ गतै पनि अज्ञात समुहले तुफैलको नाममा रहेको दुई नयाँ स्काभेटरमा आगजनी गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment