Saturday, December 19, 2015
२५ कटेपछि बच्चा पाउने महिलाको स्वास्थ्य अब्बल
तथ्य के हो भने उमेर बढ्दै जाँदा महिलाको प्रजनन क्षमता घट्दै जान्छ । तर आधुनिक जिवनशैलीले महिलाहरुको आमा बन्ने उमेरलाई पछि सारिरहेको छ किनकी महिलाहरु घरबार बसाउने भन्दा पहिले आफ्नो करिअरका साथै आर्थिक कुराको दबाबमा रहन्छन् ।
उमेर ढल्किसक्दा पनि बच्चा पाउने सुरसार गर्नै नपाउने कुरा वास्तवमा महिलाका लागि सन्तोषजनक होइन । तर पछिल्लो एक अध्ययनले भने यस्तो बाध्यतामा फसेका महिलाका लागि केही आशाको किरण फ्याँकेको छ ।
अध्ययन अनुसार २५ वर्षपछि मात्र बच्चा जन्माउने महिलाको स्वास्थ्य राम्रो हुने देखिएको छ । खासगरी २५ देखि ३५ वर्षको उमेरभित्रमा बच्चा जन्माउने महिलाको स्वास्थ्य ४० वर्ष कटेपछि निकै राम्रो हुने अध्ययनको निष्कर्ष रहेको छ ।
तर उनीहरुको तुलनामा १५ देखि २४ वर्षको उमेरमै बच्चा जन्माउने महिलाको स्वास्थ्य ४० कटेपछि कमजोर हुने शोधकर्ताहरुको निष्कर्ष छ ।
२० वर्षको आसपासमा बच्चा जन्माउने र किशोरावस्थामै बच्चा जन्माउने आमाहरुको स्वास्थ्य अवस्थामा भने खासै भिन्नता नहुने समेत देखिएको छ ।
अमेरिकामा गरिएको यो अध्ययन अनुसार युवावस्थाको सुरुमै बच्चा जन्माउने महिलाहरुको स्वास्थ्य पछि गएर खासै राम्रो नहुने देखिएको हो ।
ओहियो स्टेट विश्वविद्यालयकी प्राध्यापक समेत रहेकी शोधकर्ता डाक्टर क्रिस्टी विलियम्सका अनुसार २० वर्ष पुग्दाबित्तिकै बच्चा जन्माउने महिलाहरुले केही ढिलोगरी बच्चा पाउने महिलाको तुलनामा अधवैशे उमेरमा स्वास्थ्य सम्बन्धी जटिलताहरु बढि भोग्नुपर्ने देखिएको छ ।
राष्ट्रिय युवा सर्भेक्षण १९७९ मा सहभागी भएका ३३४८ जना महिलाहरुबाट प्राप्त तथ्यांकको विश्लेषण गरी यस्तो निष्कर्ष निकालिएको हो । १५ देखि ३५ वर्ष उमेरमा बच्चा जन्माएका महिलाहरुलाई १९७९ दखि २००८ सम्म एक दुइ वर्ष बिराएर अन्तरवार्ता लिइएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment