Tuesday, December 29, 2015
महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ
१४ पुस, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मंगलबार राजविराजमा विशेष पूजापाठ गरिएको छ । मधेशी मोर्चाको अगुवाइमा स्थानीय शिव मन्दिर प्राङ्गणमा मृत्युञ्जय पाठ गरी विशेष पूजा गरिएको हो ।
‘धार्मिक विधिअनुसार मृत्युञ्जय पाठ गरी पूजा गरेकाले महतो जी चाँडै निको हुने विश्वास छ,’ सदभावना सप्तरीका जिल्ला अध्यक्ष सुनिल झाले भने ।
पण्डित आचार्य अमोद झाको उपस्थितिमा भएको पूजापाठमा झासहित सदभावनाका केन्द्रीय सदस्य दीपेन्द्र चौधरीलगायतका नेताहरु सहभागी भए । पूजापछि कुरा गर्दै सदभावना पार्टीका केन्द्रीय सदस्य चौधरीले महतोमाथि भएको आक्रमणको बिरोधमा आन्दोलनलाई सशक्त बनाउने बताए ।
विराटनगरको रानी नाकामा शनिबार धर्ना बसेकाबेला भएको झडपमा प्रहरीको लाठी प्रहारबाट महतो घाइते भएका छन् । विराटनगरस्थित गोल्डेन हस्पिटलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि महतोलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment