Sunday, December 20, 2015
अब रेष्टुरेन्टमा हावा खाएको पनि पैसा तिर्नुपर्ने !
होटल रेष्टुरेन्टमा खानेकुरा खाएपछि पैसा तिर्नुपर्ने त स्वभाविकै हो । तर अब खानापानी मात्र होइन हावा खाएको पनि पैसा तिर्नुपर्ने भएको छ ।
पूर्वी चीनको जियांग्सु प्रान्तस्थित झानजियागांग सहरमा रहेको एक रेष्टुरेन्टले आफ्ना ग्राहकलाई ताजा तथा शुद्ध हावा खान दिएको भन्दै हावाको पनि पैसा असुल्न थालेको छ ।
सिन्ह्वाका अनुसार उक्त रेष्टुरेन्टमा ग्राहकहरुले खानेकुराको बिलमा हावा सफा गर्ने वापतको अतिरिक्त १ युआन समेत तिर्नुपर्नेछ ।
स्मरण रहोस् हालैका हप्ताहरुमा उक्त सहर बाक्लो तुवाँलोले ढाकिएको छ र तुवाँलोले एक सय मिटर परसम्म समेत राम्रोसँग देखिँदैन ।
उक्त रेष्टुरेन्टले हालै हावा छान्ने प्रविधि खरीद गरेको छ जसबाट रेष्टुरेन्ट भित्रको हावा ताजा तथा स्वच्छ हुनेछ । र यो प्रविधिमा लागेको खर्च उसले ग्राहकबाट असुल्न थालेको हो ।
तर स्थानीय प्रशासनले भने ग्राहकहरुलाई यस्तो हावाको पैसा लिने रेष्टुरेन्टको काम अवैध रहेको भन्दै अतिरिक्त पैसा असुल्ने काम रोक्न आदेश दिएको छ । हावालाई वस्तुको रुपमा बेच्न नपाइने अधिकारीहरुले बताएका छन् ।
तर कतिपय सामाजिक संजाल प्रयोगकर्ताले भने रेष्टुरेन्टको यस्तो शैलीको प्रसंसा गरेका छन् र स्वच्छ हावाको लागि अझै धेरै पैसा तिर्न समेत तयार रहेको भन्दै सरकारलाई वायु प्रदुषण नियन्त्रण गर्न चुनौति दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment