Sunday, December 20, 2015
यसकारण बढ्दै छ जाडो
काठमाडौं – बढदो वायु प्रदूषणसँगै स्थानीय स्तरमा उत्पन्न भएको चिसो बादलका कारण राजधानीसहित देशभर तापक्रम घट्ने क्रम जारी रहेको मौसमविद्हरूले बताएका छन् ।
‘वायु प्रदूषणले सूर्यको किरण वायुमण्डलमै रोकिदिएको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले आइतबार भने, ‘दिन छोटिने क्रम जारी भएकाले पनि गत सातादेखि अधिकतम र न्यूनतम तापक्रममा गिरावट आइरहेको छ । त्यसले चिसो बढाएको छ ।’
राजधानीको न्यूनतम तापक्रम आइतबार २ डिग्रीमा झरेको छ भने जुम्ला र जिरीमा माइनससम्म पुगेको छ । अधिकतम तापक्रम पनि राजधानीमा १७, जिरी, ताप्लेजुङ, जुम्ला, डडेलधुरा तथा ओखलढुंगामा १२ को हाराहारी झरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment