Friday, January 1, 2016
अब गोहीले गर्नेछ जेलको चौकिदारी
अपराधीहरु थुन्ने जेलको सुरक्षा पुलिसले गर्दछ । तर इण्डोनेसियामा भने अब पुलिसले होइन गोहीले जेलको सुरक्षा गर्ने भएको छ ।
इण्डोनेसियाको लागुऔषध नियन्त्रण निकायले एउटा यस्तो जेलको स्थापना गर्दैछ जसमा सुरक्षा गार्डको रुपमा खतरनाक गोहीहरु तैनाथ गरिनेछ । देशको कुनै टापुमा त्यस्तो जेलको स्थापना गरिनेछ जसमा लागुऔषध र हत्याका अपराधीहरुलाई राखिनेछ ।
खुंखार अपराधीहरुले जेलका सुरक्षागार्डहरुलाई घुस दिएर वा विभिन्न प्रलोभनमा पारेर भाग्न थालेपछि वा कतिपय अवस्थामा झुक्याएर भाग्ने गरेपछि त्यसको निकास खोज्दै अधिकारीहरु खतरनाक गोहीको खोजीमा लागेका हुन् ।
लागुऔषध नियन्त्रण निकायका प्रमुख बुडी वासेसोले जेलको सुरक्षा गर्ने खतरनाक गोहीको खोजीमा देशका विभिन्न भागको भ्रमणमा निस्कने योजना बनाएका छन् ।
स्थानीय संचारमाध्यममा उनले भनेका छन्ः जेलको सुरक्षार्थ हामीले सकेसम्म धेरै गोही राख्नेछौँ र मैले सबैभन्दा खतरनाक जातको गोही खोज्नेछु ।
मानिस सुरक्षा गार्डलाई जस्तो गोहीलाई घुस खुवाउन नसकिने हुनाले लागुऔषध तस्करलाई जेलबाट भाग्नको लागि रोक्न गोही निकै उपयुक्त हुने उनको भनाइ छ ।
यद्यपि अहिले यो अवधारणा सुरुवाती अवस्थामा छ र जेल स्थापना गरिने ठाउँ र यसको संचालन मितिका बारेमा केही पनि टुंगो लागेको छैन ।
स्मरण रहोस् इण्डोनेसिया लागुऔषध विरोधी कडा कानून भएका विश्वका देशहरु मध्ये पर्छ र गएको अपि्रलमा मात्रै त्यहाँ लागु औषध अपराधमा दोषी ठहर भएका ७ जना विदेशी नागरिकलाई मृत्युदण्ड दिइएको थियो । लागु औषध अपराधीलाई गोली हानेर मार्ने कानून त्यहाँ छ । सायद त्यसरी जेलबाट भाग्न खोज्ने अपराधीहरुलाई बरु गोहीले आहारा बनाओस् भन्ने चाहना अधिकारीहरुको हुनसक्छ । इण्डोनेसियाको यो घटनाले लिभ एण्ड लेट डाइ नामक हलिउड फिल्मको सम्झना गराएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment