Tuesday, January 5, 2016

शेरेले पाए सबैभन्दा कुरुप मानिसको उपाधि

दुनियामा हुने विभिन्न खाले सौन्दर्य प्रतियोगिताका बारेमा त सुन्नु भएकै छ । हाम्रो देशमा पनि च्याउसरी यस्ता प्रतियोगिता हुन्छन् । तर के तपाइँले सबैभन्दा कुरुप मानिस छान्नका लागि हुने मिस्टर अग्ली कन्टेस्टका बारेमा सुन्नुभएको छ ? सायद छैन होला । अफ्रिकी मुलुक जिम्बाबेमा देशकै सबैभन्दा कुरुप पुरुष छान्नका लागि यस्तो प्रतियोगिता हुन्छ र सबैभन्दा कुरुप पुरुषलाई उसको कुरुपताको लागि अवार्ड दिइन्छ । र, यो पाली ४२ वर्षका मेसन सेरे नामका पुरुष सबैभन्दा कुरुप मानिस ठहरिएका छन् । झरेका दाँत सहितको निकै कुरुप अनुहार भएका सेरे प्रतियोगितामा फाटेका कपडा सहित प्रस्तुत भएका थिए । सबै मापदण्डका आधारमा तुलना गर्दा उनी देशका सबैभन्दा कुरुप मानिस ठहरिए र ट्रफी सहित ५ सय डलर पुरस्कार हात पारे । बेरोजगार रहेका सेरेका धेरै दाँत झरिसकेका छन् । फाइनल राउण्डमा उनले आफुजस्तै अरु पाँच जना निकै कुरुप प्रतिस्पर्धीहरुलाई हराउनुपरेको थियो । पछिल्लो ३ वर्षदेखि उपाधि जितिरहेका विलियम मेसविनुलाई उनले हराए । मेसविनुले भने निर्णाइकहरुले पक्षपात गरेको आरोप लगाएका छन् । कुरुप व्यक्तिको उपाधि जितेसँगै सेरेले भगवानलाई धन्यवाद दिए । सन् २०१२ देखि जिम्बाबेमा यो प्रतियोगिता सुरु भएको हो । यसलाई विश्वस्तरीय प्रतियोगिता बनाउने लक्ष्य आयोजकको रहेको छ ।

No comments:

Post a Comment