Friday, January 29, 2016

'मोर्चाले नाका थुन्दा मधेसी जनतालाई सास्ती'

भीमदत्तनगर : पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधवकुमार नेपालले आन्दोलनरत् मधेसी मोर्चाको आन्दोलनले मधेसी समुदायकै नागरिकलाई सास्ती भइरहेको प्रति चिन्ता व्यक्त गर्दै दशगजाको आन्दोलन रोक्न आग्रह गरेका छन् । एमालेको शुक्रबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा सुरु भएको तीनदिने महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधनमार्फत मधेसी मोर्चाका माग पूरा भइसकेको बताए । प्रदेश सीमाङ्कनका विषयमा जनतालाई भड्काउने काम भइरहेको भन्दै उहाँले वैज्ञानिक आधारमा प्रदेश सीमाङ्कन हुनुपर्नेमा समेत जोड दिए । मधेस आन्दोलनले पहाडी र मधेसी समुदायबीच दूरी बढाउन खोजिएको आरोप उनले लगाए। 'बाबुरामजीको नयाँ शक्तिमा केही पनि नयाँ छैन', उनले भने, 'गन्ध आएको रक्सी नयाँ बोतलमा हाल्दैमा केही हुदैन ।'

No comments:

Post a Comment