Monday, January 25, 2016
ट्रक दुर्घटनामा चालकको मृत्यु
१ माघ, मोरङ । मोरङबाट पश्चिमतर्फ जादै गरेका दुईवटा ट्रक आइतबार राति एकापसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक सिन्धुली लगावी-३ का २६ वषर्ीय हरि कार्की रहेका छन् ।
सुनसरीको इनरुवा सखुवागाछी-९ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ना ३ ख २५२७ नंको ट्रकलाई सोही दिशामा गइरहेको ना ५ ख ६१३८ नंको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
कार्कीको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । अर्का ट्रक चालक सिन्धुली ताप्लेखोलाका प्रवीण मगर गम्भीर घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment