Friday, January 1, 2016

चीनमा बन्यो भुकम्प प्रतिरोधी पलङ

भुइँचालोबाट हरेक वर्ष विश्वमा धेरथोर धनजनको क्षति भएकै हुन्छ । भुकम्प भन्ने शव्द सुन्दैमा मन डराउन थाल्छ किनकी हामीले निकै भयंकर भुइँचालो भोगेको धेरै भएको छैन । दिउसो भन्दा राति सुतेको बेलामा भुइँचालो आयो भने के होला ? भन्ने डर धेरैमा हुन्छ । तर अब यस्तो रातमा आउने भुइँचालोको समाधान निस्किएको छ । एकजना चिनिया डिजाइनरले भुकम्प प्रतिरोधी खाट तयार पारेका छन् । यो भुकम्प प्रतिरोधी ओछ्यान सहितको पलंगले राति सुतेको समयमा आउने भुकम्पबाट बचाउनेछ । यो बेडलाई यस्तरी डिजाइन गरिएको छ की यो भुकम्प आउने बित्तिकै यो खुल्दछ र यसमा सुतेको मानिस आफै पलंगको भित्र छिर्दछ अनि माथिबाट ढकनी लाग्दछ अनि बेडमा निरन्तर अलार्म बज्दछ ता की उद्धार कर्ताले खाटभित्र छिरेको मानिसलाई उद्धार गर्न सकून् । पलंग भित्र आकस्मिक उपयोगका सामानहरु जस्तै खाना, पानी तथा प्राथमिक उपचारका सामान राखिएको हुन्छ । चीनको ब्यांग भ्याक्सीले यो भुकम्प प्रतिरोधी पलंग तयार पारेका हुन् र उनले यसको बौद्धिक सम्पत्ति अधिकार पनि सुरक्षित गरेका छन् । उनी अब यसको व्यवसायिक निर्माणमा जुटेका छन् । उनले सन् २०१० देखि यस्तो पलंग बनाउने सोँचेका थिए र बल्ल अहिले नमूना तयार पार्न सकेका छन् । प्रविधिको प्रयोग गरिएको यो सुरक्षित बेड छिटै व्यवसायिक रुपमा बजारमा आउने बताइएको छ । उनले यो बेडका केही फोटो तथा भिडियोहरु सोसल मिडिायमा राखेका पनि छन् ।

No comments:

Post a Comment