Saturday, January 9, 2016
भोकमरीले बेहाल, जनता माटो खान बाध्य
लामो गृहयुद्ध तथा आतंकवादको चपेटामा परेको सिरियाको हालत यतिधेरै खराब बनिसकेको छ की त्यहाँ भोकमरी चरम अवस्थामा पुगेको छ र मानिसहरुसँग बाँच्नका लागि खाने खानेकुरा छैन । मानिसहरुले प्राण धान्नका लागि गाउँ सहरका कुकुर बिराला समेत मारेर खाइसकेका छन् भने रुखका पात र बोक्रा पनि सप्पै सकिइसके । भोकले आक्रान्त बनेसँगै अब मानिसहरुले माटो समेत खान थालेका छन् ।
एक मिडिया रिपोर्ट अनुसार सिरियाको मडाया क्षेत्रमा मानिसहरु भोकमरीका कारण ठूलो संकटमा परेका छन् र उनीहरुलाई मानवीय सहायताको ठूलो आवश्यकता छ । त्यहाँ इन्धन र औषधिको आपूर्ति पनि पूरै ठप्पछ । अघिल्लो वर्षको जुलाई महिनादेखि नै सरकारी सेनाले उक्त क्षेत्रलाई घेराबन्दीमा राखिरहेको छ । रेडक्रसका अनुसार उक्त सहरका मानिसहरुले चिसोबाट बच्नका लागि प्लास्टिक जलाइरहेका छन् ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बुधबार एक विज्ञप्ती जारी गर्दै आइएसको कब्जामा रहेको मडाया सहरमा बालबालिका सहित २३ जना मानिस भोकमरीका कारण मरिसकेका छन् । राष्ट्रपति बसर अल असदको सेनाले उक्त सहरमा आपूर्ति बन्द गरिदिएको छ ।
विपक्षी सिरियन नेसनल कोअलिसनले मडाया सहरमा मानवीय विनाश हुनसक्ने चेतावनी दिएको छ । अर्को सहर जबादनीको स्थिति पनि उस्तै नाजुक छ । राष्ट्रसंघका अनुसार सिरियामा गृहयुद्ध सुरु भएको पछिल्लो ५ वर्षमा अढाइ लाख सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment