Sunday, January 31, 2016
क्रिकेट अपडेटः नेपालले दोस्रो विकेट गुमायो
१८ माघ, काठमाडौं । यू १९ विश्वकप क्रिकेटमा नेपालले अहिले बलियो प्रतिद्वन्द्वी भारतसँग खेलिरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङ गरिरहेको छ । हामी निरन्तर अपडेटमा छौं:
१२ ओभरको खेल सकिएको छ । नेपालले २ विकेट गुमाएर २७ रन जोडेको छ ।
०००
नेपालले ९ ओभरको खेल सकिँदासम्म २ विकेट गुमाएर २४ रन जोडेको छ ।
इनिङको पहिलो ओभरमै ओपनर सुनील धमलालाई शून्य रनमा गुमाएको नेपालले सातौं ओभरमा योगेन्द्रसिंह कार्कीलाई ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको छ ।
नेपालको इनिङ अर्का ओपनर सन्दिप सुनार १५ रन बनाएर क्रिजमा छन । चौथो नम्बरमा कप्तान राजु रिजाल ब्याटिङका लागि आएका छन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment