Thursday, January 21, 2016

रंगेलीको अवस्था सामान्य बन्दै

८ माघ, विराटनगर । मोरङको रंगेलीको अवस्था अहिले सामान्य बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटेपछि अवस्था सामान्य भएको हो । घटनाका बारेमा आधिकारिक धारणा तय गर्न स्थानीय मोर्चाका नेताहरुको बैठक शुक्रबार बिहान बस्दैछ । आज बस्ने बैठकमा केन्द्रका नेताहरुसँग आवश्यक परामर्श गरेर अगाडि बढ्ने तथा आन्दोलनका कार्यक्रम तय गरिने तयारी गरिएको संघीय समाजवादी फोरम नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए । आफूहरु बिहीबारको घटनापछि घाइते भएकाहरुको उपचार तथा ज्यान गुमाएका मृतकहरुको व्यवस्थापन लगायतका काममा व्यस्त रहेकाले अहिले कुनै कार्यक्रम तय नगरेको यादवले बताए । बिहीबार भएको झडपमा मधेसी मोर्चाका तीन जना कार्यकर्ताको ज्यान गएको छ । झडपमा घाइते भएका मध्ये दुई जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि सिलगुडी पठाइएको छ । बाँकी घाइतेहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment