Tuesday, January 26, 2016
नोकियाले छिटै ल्याउँदैछ धमाकेदार स्मार्टफोन, यी हुनेछन् फिचर्स
कुनै समय मोबाइल फोनको दुनियामा एकछत्र राज चलाएपनि अहिले अस्तित्वको संकटमा रहेको मोबाइल फोन निर्माता कम्पनी नोकियाले स्मार्टफोन बजारमा धमाकेदार पुनरागमन गर्दैछ ।
नोकिया कम्पनी अधिग्रहण गरेसँगै माइक्रोसफ्टले सन् २०१५ को डिसेम्बर सम्म नोकिया ब्राण्डबाट कुनैपनि स्मार्टफोन बनाउन नपाउने सर्त थियो । यो सर्तको समय अब सकिइसकेको छ । खबर अनुसार अहिले नोकिया कम्पनीले आफ्नो नयाँ फ्लागसिप स्मार्टफोन निर्माणमा काम गरिरहेको छ र छिटै यसलाई लन्च गर्ने तयारीमा छ ।
नोकियाको आसन्न स्मार्टफोनको तस्वीर चिनिया सोसल मिडिया विबोमार्फत सार्वजनिक भएको छ । यी लिक भएका तस्वीरमा नयाँ नोकिया स्मार्टफोनको प|mन्ट, ब्याक तथा साइडको भाग देख्न सकिन्छ । स्मार्टफोनमा कम्पनीको लोगो ब्याक प्यानलको बीचमा रहेको छ । भोल्यूम तथा पावर बटन दायाँ भागमा छ । छेउँमा सिम स्लट पनि देख्न सकिन्छ ।
तर यसअघि विभिन्न खबरहरुमा सार्वजनिक भएको नोकियाले बनाइरहेको भनिएको सि वान स्मार्टफोन भन्दा अहिले सार्वजनिक भएको नोकियाको आगामी स्मार्टफोनकेा तस्वीर निकै भिन्न छ । त्यसैले नोकियाले खासमा ल्याउन थालेको स्मार्टफोन अघिल्लो सि वान हो की पछिल्लोपटक सार्वजनिक भए अनुासरको हो, द्धिविधा उत्पन्न भएको छ । यसको बारेमा नोकिया कम्पनीले केहीपनि बताएको छैन ।
खबर अनुसार नोकियाले ल्याउन थालेको यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले हुनेछ जसको रिजोलुसन १०८० गुणा १९२० पिक्सेल हुनेछ । त्यस्तै अर्को भेरिएन्टको स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले हुने छ । अघिल्लो भेरिएन्टमा २ जिबीको र्याम, ३२ जिबीको इनबिल्ट स्टोरेज हुनेछ । ८ मेगापिक्सेलको मुख्य तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहनेछ ।
त्यस्तै साढे ५ इन्च डिस्प्ले भएको स्मार्टफोनमा भने ३ जिबी र्याम तथा ६४ जिबी इनबिल्ट स्टोरेज हुनेछ । यसको मुख्य क्यामरा १३ मेगापिक्सेल तथा प|mन्ट क्यामरा ५ मेगापिक्सेलको हुनेछ ।
नोकियाका यी स्मार्टफोन एन्ड्रोइड मार्समेलो ६ र विन्डोज १० दुबै अपरेटिंग सिस्टममा उपलब्ध हुने दाबी गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment