Wednesday, January 27, 2016
गौशालामा १५ करोड लगानीमा खुल्दैछ ‘आमादब्लम’ होटल
१३ माघ, काठमाडौं । गौशलाको पशुपति भिजन कम्पलेक्समा रहेको होटल इन्द्रेणी हिमालय बन्द भएपछि सोही ठाउँमा नयाँ होटल सञ्चालनमा आयने भएको छ । पन्ध्र करोड लगानीमा यही माघ १८ गतेदेखि ‘आमादब्लम’ होटल सञ्चालनमा आउन लागेको हो ।
विनाशकारी भूकम्पपछि ग्राहक नभएर बन्द भएको होटल इन्द्रेणी हिमालय बन्द भएको थियो । उक्त होटलमा इन्द्रेणी ग्रुपको ५५ प्रतिशत शेयर थियो । इन्द्रेणी ग्रुपले हात झिकेपछि उसको शेयर नयाँ कम्पनीले खरिद गरेर नयाँ व्यवस्थापनसिहत सञ्चालनमा आउन लागेको हो ।
आगामी पर्यटकीय सिजनलाई लक्षित गरी माघ १८ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ । तीनतारे स्तरको यो होटल भूकम्पअघि राम्रोसँग चलेको थियो । भूकम्पले पर्यकको संख्या स्वात्तै घटेपछि खर्च थेग्न नसकेर इन्द्रेणी हिमालय असार २३ गतेदेखि बन्द भएको थियो ।
आमादब्लम होटलमा हाम्रो इन्भेष्टमेन्ट कम्पनीले ५० प्रतिशत शेयर लगानी गरेको छ । बाँकी शेयर दुई जनाको २५/२५ प्रतिशतका दरले रहेको छ ।
पशुपतिको नजिक रहेको हुँदा यो होटलका मुख्य ग्राहक भारतीय हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै भएकाले चिनियाँ तथा अन्य मुलुकका पर्यटक पनि आउने क्षेत्रीको भनाई छ ।
‘यो पहिला नै राम्रो मार्केट लिइसकेको होटल हो’ क्षेत्रीले भने- ‘पहिलाको मार्केटलाई क्याच गर्दै नयाँ मार्केटिङ गरेर होटल सञ्चालन गरिने छ । अहिले पर्यटकको संख्या बढ्न थालेपछि फ्रेबुअरी एकदेखि होटल सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए ।
भारतीय नाकाबन्दी खुलेपछि पर्यटक आगमन बढ्ने सरकार तथा व्यवसायीको विश्वास रहेको छ । भूकम्प र नाकाबन्दीले सन् २०१५ मा ७० प्रतिशतसम्म पर्यटकको सख्ंया घटेको अनुमान गरिएको छ ।
नयाँ व्यवस्थापनले होटलमा तीनतारे लिने प्रकृया सुरु गर्ने बताएको छ । नौ तले भवनको माथिल्लो चार तलामा रहेको यो होटलमा ६२ वटा रुमहरु रहेका छन् ।
६२ वटा रुम रहेका छन्, ९ तले भवनको माथिल्लो ४ तलामा होटल छ । मध्यम खालका पर्यटकलाई लक्षित गरिएको होटलमा एउटा रुमको ४ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तोकिएको छ । होटलका सबै रुमहरु वातानुकुलित रहेका छन् ।
होटलमा एउटा रेष्टुरेन्ट र क्याफे रहेको छ । भवनमा साउना, स्पा, जीम रहेको हुँदा आउटर्सोसिङ गरेर पाहुनालाई सुविधा दिइने क्षेत्रीले बताए । दुई तला बेसमेन्ट पार्किङ भएको हुँदा पार्किङको समस्या नहुने उनको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment