Sunday, January 10, 2016
‘शिर झुक्ने सम्झौता गर्दैनौँ, अब नाका खुल्छन्’
घोराही : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक भएको बताएका छन् ।
आइतबार क्रान्तिकारी पत्रकार संघ दाङको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले नेपाली राष्ट्रियता र स्वाभिमानको शिर नझुकाएरै दुई चार दिनमा नाकाहरु खुल्ने संकेत दिएका छन् ।
नेपाली कांग्रेस र सत्ता पक्ष मिलेर मधेसमा आन्दोलन गरिरहेकाहरुलाई सहमतिमा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको उनले बताए ।
‘सम्भवतः हामी दुई चारदिनमै सहमतिमा पुग्छौँ, अनि मधेसको समस्या पनि समाधान हुन्छ, नाकाहरु पनि खुल्छन्’ उनले भने ‘तर, हामी नेपालीको राष्ट्रियता अनि हाम्रो स्वाभिमानको शिर झुक्न दिन्नौँ, त्यस्तो सम्झौता हुनसक्दैन ।’
अहिले देशले असाधारण उपलब्धीसँगै असाधारण चुनौतीको सामना गरिरहेको भन्दै प्रचण्डले आमनेपाली समुदायलाई एकताको शुत्रमा बाँध्न पत्रकारहरुलाई कलम चलाउन पनि आग्रह गरे ।
‘हामीले केही असाधारण उपलब्धी पनि पाएका छौँ, अनि सँगै असाधारण चुनौतीहरु पनि आइलागेका छन्’ उनले भने, ‘यो चुनौतिसँग जुध्नका लागि सबै राजनीतिक दलहरुको पनि एकताको जरुरी छ, सबै जनता मिलेर लड्नसक्ने परिस्थितिको सिर्जना गर्र्न पत्रकारहरुको कलम पनि चल्नुपर्छ ।’
नेपालीले आत्मनिर्णयको प्रयोग गर्दै पहिलोपटक बनाएको संविधानबाट कोही देशभित्रैका कोही देश बाहिरका पनि रिसाएको बताए ।
‘हामीले आत्मनिर्णयको अधिकार प्रयोग गरेको उनीहरुलाई मन परेन, अनि हामी संविधान बनाएवाफत नाकाबन्दीको शिकार भएका छौँ’ उनले भने ‘तर, यति समावेशी र लोकतान्त्रिक संविधान विश्वमा कतै पनि छैन र, पनि यो संविधान गतिशील हो, जनताको चाहनाअनुसार यो निरन्तर संशोधन हुँदै जान्छ ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment