काठमाडौं – तराईको जिल्ला सिरहा भएर बुधबार बिहान नयाँ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १७ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । हक्परा र अर्नामालल्पुरको बीचमा पारेर भूकम्पको केन्द्रविन्दु रहेको थियो । यसअघि बाजुरा, म्याग्दी, पाँचथरलगायतका जिल्लाहरुमा पनि भूकम्प गइसकेको छ । त्यस्तै, वैशाख १२ पछि १० महिना बितिसक्दा पनि गोरखा भूकम्पको परकम्प जाने क्रम पनि रोकिएको छैन । त्यसयता ४ रेक्टर स्केलमाथिका ४ सय २७ भन्दा बढी परकम्प गइसकेको छ ।
No comments:
Post a Comment