Friday, January 29, 2016
नेयमारलाई नखेलाए मलाई मार्छः इनरिके
१६ माघ, काठमाडौं । प्रशिक्षक लुइज इनरिकेले बार्सिलोना र एथ्लेटिको मड्रिडबीच को खेल यो सिजनको उपाधि होडमा निर्णायक नहुने बताएका छन् ।
बार्सिलोना र एथ्लेटिको मड्रिड स्पेनिस ला लिगामा शनिबार राति भिड्दैछन् । खेल अघिको पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक इनरिकेले यो खेल अंक तालिकाको शीर्ष स्थानमा उक्लने होड हुने बताए ।
उनले एथ्लेटिको मड्रिड चिरप्रतिद्वन्द्वी भएको र उसलाई हराउन अंक र हेड टु हेड दुबैका लागि महत्वपूर्ण हुने बताए । पहिलोदेखि अन्तिम मिनेटसम्म राम्रो प्रदर्शन गरेर खेलमा पूर्ण नियन्त्रण राख्न चाहेको उनले बताएका छन् ।
नेयमार र अल्बाले राम्रो प्रदर्शन गरिरहेको उनले बताए । नेयमारको खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘यदि उनले नखेलोस् भन्ने चाहने हो भने उनले मलाई पक्रने छन् र मार्नेछन् । उनी पक्का खेल्छन् ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment