Friday, January 29, 2016

पर्साका सिडिओको भारतीय समकक्षीसित वार्ता

१५ माघ, काठमाडौं । शुक्रबार बिहान केहिबेर खुलेर गाडी आउजाउ भएको वीरगञ्ज नाका फेरि पुरानै अवस्थामा फर्केको छ । बिहान भारतबाट ५ मालवाहक गाडी नेपाल भित्रिएका थिए भने नेपालबाट चार खाली गाडीहरु भारत गएका थिए । तर, त्यस पछाडि गाडी आउजाउ शून्य छ । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय समकक्षीसित नाका खोल्ने विषयमा दिउसो टेलिफोन वार्ता गरेका छन् । वार्तामा प्रजिअ घिमिरेले उताबाट गाडी पठाउन खोजिएको भए यताको सुरक्षा प्रवन्ध मिलाउने प्रस्ताव गरेका थिए । ‘केन्द्रमा बुझेर जानकारी गराउछौं भन्ने जवाफ आएको छ,’ घिमिरेले भने । उनले एकैचोटी नाका खोल्नुको साटो विस्तारै विस्तारै खुकुलो पार्दै लैजान खोजिएको समेत अनुमान गरेका छन् ।

No comments:

Post a Comment