Saturday, January 9, 2016

डाक्टरले मुक्का हान्दा विरामी खुत्रुक्कै !

रुसको एक अस्पतालमा डाक्टरले एक विरामीलाई मुक्का हानेका छन् । जसका कारण उनी ढले र पछि मृत्यु भएको छ । यो घटना २९ नोभेम्बरको दिन राजधानी मस्कोबाट केही टाढा पर्ने दक्षिणी शहर बेलगर्दमा भएको थियो । सीसीटीभी फुटेजका आधारमा यो घटना सार्वजनिक भएको हो । रुसी सञ्चार माध्यमहरुका अनुसार सुरुमा विरामीले नर्सलाई हात हानेका थिए । त्यसको जवाफमा डाक्टरले मुड्की हानेका हुन् । घटनाको छानविन गरिरहेका एक अधिकारीेले रुसी टीभीलाई बताए अनुसार यो जानुबझरेर नगरिएको हत्याको मुद्दा हुनसक्छ ।

No comments:

Post a Comment