Friday, January 1, 2016

दुबईको हजार फिट अग्लो भवनमा आगलागी

एजेन्सी : अंग्रेजी नयाँ वर्ष मनाउनु करिब २ घन्टा अघि दुबईको बुर्ज खलिफा नजिकै एक पाँचतारे होटलमा भीषण आगलागी भएको छ । आगो करिब एक हजार फिट अग्लो भवनमा पुरै फैलिएको थियो । यो घटनामा कोहीको हताहती भएको समाचार आएको छैन । घटनामा १६ जना घाइते भएका छन् । घटना भएको स्थानमा नयाँ वर्षमा हुन लागेको आतिसबाजी हेर्न लाखौं मानिस जम्मा भएका थिए । साउदी प्रशासनका अनुसार राति नै आगो नियन्त्रणमा लिइएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन आगो लागेको यो भवन संसारको सबैभन्दा अग्लो बुर्ज खलिफा नजिकै रहेको छ । स्थानीय अधिकारीका अनुसार सबैभन्दा पहिले २० औं तलामा आगो लाग्न सुरु भएको थियो ।
करिब १० मिनेटमै आगो पुरै भवनमा फैलिएको थियो । यो भवनमा एउटा पाँचतारे होटल र सामूहिक आवास गृह रहेको छ । समाचार अनुसार बुर्ज खलिफा नजिकै हुने आतिसावजी हेर्न करिब २० लाख मानिस जम्मा भएका थिए । आगो फैलिएपछि सुरक्षाको कारण जनाउँदै आसपासका मानिसलाई हटाइएको थियो ।

No comments:

Post a Comment