Friday, January 22, 2016
लामो दाह्री विरुद्ध प्रहरीको अभियान, कलमी गरियो १३ हजार पुरुषको दाह्री
हामीकहाँ कुनैबेला प्रहरीले डन भन्दै लामो कपाल पालेका युवाहरुलाई च्याप्प समाएर कपाल काटिदिने अभियान नै चलाएको थियो । पछि निकै विवाद भएपछि त्यो रोकियो । अहिले मध्य एसियाली देश ताजकिस्तानमा भने त्यहाँको प्रहरी युवाहरुको दाह्री कलम गरिदिने र खौरिदिने अभियानमा लागेको छ ।
ताजकिस्तानको प्रहरीले देशका झण्डै १३ हजार पुरुषलाई समाएर उनीहरुको दाह्री काटिदिएको छ ।
सरकारका अनुसार इस्लामिक अतिवाद तथा बाह्य असरका विरुद्धमा राष्ट्रव्यापी अभियानका रुपमा प्रहरीले लामो दाह्री पालेका पुरुषहरुको दाह्री काटिदिने अभियान चलाएको हो ।
सरकारी अधिकारीहरुले महिलाहरुलाई हिजाब पहिरिन समेत रोक्ने कोसिस गरेका छन् । स्कुल तथा विश्वविद्यालयहरुमा हिजाबमाथिको प्रतिबन्धलाई थप बढाइएको छ ।
आफ्नो दाह्री जबरजस्ती कलमी गरेर आधा छोटो बनाइएका एक युवाले आफुलाई निकै अपमानित भएको महसुस भैरहेको र आफ्नो मजाक उडाइएजस्तो लागिरहेको बीबीसीलाई बताए ।
यस्तो अभियानले उल्टै अतिवादितालाई बढावा दिने उनको ठम्याइ छ ।
एक तथ्यांक अनुसार मध्य एसियाका विभिन्न ५ देशहरुबाट झण्डै ४ हजार मानिसहरुस्लामिक स्टेट नामक आतंकवादी समूहमा भर्ती हुन सिरिया पुगेका छन् ।
मुस्लिमहरुको दाह्री काट्ने अभियान चलाएको ताजकिस्तान रुसबाट स्वतन्त्र भएको २० वर्षपछि पनि गरिबी अस्थिरता तथा बेरोजगारीबाट जुधिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment