Tuesday, January 5, 2016
यी युवती त ‘नटवरलाल’ पो रहिछन् !
पुस, काठमाडौं । लुटेरा र ठगहरुको खोजी गर्नेक्रममा प्रहरीको ध्यान विशेषतः पुरुषतर्फ नै केन्द्रित हुन्छ । तर, तस्वीरमा देखिएकी यी युवतीले भने प्रहरीहरुलाई आफू ‘नटवरलाल’ की उत्तराधिकारी सावित गरिदिएकी छिन् ।
तस्वीरमा देखिएकी यी युवती भवगती केसी हुन् । तर, उनी आफूलाई कहीँ डा. सुहाना त कहीँ अदिति अनि दृष्टि केसीको नामले परिचय दिन्छिन् । कहीँ डाक्टर हुँ भन्दै विभिन्न अस्पतालमा पुगेर विरामीको चेकजाँच समेत गर्छिन त कहीँडीआईजीकी छोरी भएको बताएर धेरैलाई मख्खै बनाउँछिन् । बाहिरी रुप हेर्दा यी युवतीसँग आकषिर्त नहुने पुरुष पनि शायदै होलान् ।
तर, तपाई नझक्किनु होला, कहिले डाक्टर त कहिले सुरक्षाकर्मीको आफन्त भनेता पनि यो उनको बहुप्रतिभा चाहिँ होइन । बरु उनको यो बहुरुप ठगी धन्दाका लागि प्रयोग हुँदै आएको छ । प्रकृतिले दिएको सुन्दर रुपलाई यिनले गलत काममा लगाएपछि अन्ततः प्रहरीको जालमा पर्न सफल भएकी छिन् ।
झट्ट हेर्दा भलादमीजस्तै लाग्ने यिनी गुल्मी हस्तीचौर-९ निवासी हुन् । यिनको उमेर २३ वर्ष पुगेको छ ।
पोखरामा धेरै मानिसहरुलाई ‘मूर्गा’ बनाएपछि केसी गत वैशाख १२ को भूकम्पलगत्तै काठमाडौं आइन् । र, आफ्नो पुरानो धन्दालाई राजधानीमा विस्तार गरिन् । प्रहरी स्रोतका अनुसार आफूलाई ‘मर्द’ ठान्ने केही पुरुषलाई यिनले भारतसम्म पुर्याएर ठग्न भ्याइसकेकी छिन् ।
ठूला व्यापारीदेखि कलाकारसम्मलाई आफ्नो ठगीको जालमा पार्दै आएकी केसी आइतबार आफैं प्रहरीको जालमा परिन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिनामंगलबाट पक्राउ गरेको छ ।
केसीको जालमा निकै ठूला हुँ भन्ने मानिसहरुसमेत परेको प्रहरी स्रोत बताउँछ । तर, तिनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।
डीआइजीका नाममा उधारो, साथमा ९ मोबाइल !
केसीले विभिन्न होटलमा गएर खाने र डीआईजी सनत केसीकी छोरी हुँ भन्दै पैसा नतिर्ने गरेको पाइएको छ । गत वर्ष पोखराको एक पत्रिकामा डाक्टरलाई ठगेको समाचार छापिएपछि उनी काठमाडौं आएकी र राजधानीमा ठगी गर्ने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ ।
केसीले ठगीका लागि ९ वटा मोबाइल नम्बर प्रयोग गर्ने गरेको भेटिएको छ । अनुसन्धानका क्रममा डाक्टर हुँ भन्दै वैबाहिक सम्वन्ध राख्न खोज्दा एकजना पुरुषसँग विवाद भएको र यी युवती ०७१ साल असोज २६ गते सातदोबाटो प्रहरी हिरासतमा एक रात बसेको समेत खुलेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरसँग भने- ‘यिनी ठूलै नटवरलाल रहिछन्, धेरै मानिसलाई ठग्लै हिँडेको पाइएपछि पक्राउ गरिएको हो ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment