Thursday, January 21, 2016
स्मरणशक्ति बढाउन ४० सेकेण्डको फर्मुला
के तपाइँलाई कहिलेकाहीँ यस्तो महसुस हुन्छ की तपाइँले पूराना कुराहरु भुल्दै जानुभएको छ ? यस्ता पूराना यादहरु चाहे जुनसुकै प्रकारका हुन सक्छन् । तर जब त्यसलाई सम्झिने कोसिस गर्नुहुन्छ तब केही कुरा यादमै आउन्नन् त केही यादहरु निकै धमिलो भएका हुन्छन् । हुनत सबै कुरा सम्झिन सकिँदैन । तर कहिलेकाहीँ जिवनका निकै महत्वपूर्ण घटनाक्रम वा सम्झिनै पर्ने कुराहरु पनि भुलिएको हुन्छ ।
तर तपाइँले आफ्नो स्मरण क्षमतालाई बढाउन सक्नुहुन्छ । निकै सामान्य तरिकाले, केवल ४० सेकेण्डको प्रयासमा ।
बेलायतको ससेक्स विश्वविद्यालयका क्रिस बर्डको अनुसन्धान अनुसार यदि केही सेकेण्ड समय निकालेर तपाइँ आफ्नो कल्पनाशीलताबाट केही काम लिनुभयो भने तपाइँको स्मरणमा निकै सुधार हुनेछ ।
बर्डले आफ्ना विद्यार्थीहरुलाई मस्तिष्क स्क्यानरको सामुन्ने सुत्न लगाए र उनीहरुलाई यु ट्युबका छोटा भिडियो क्लिप देखाए । त्यसमा केही यस्ता भिडियोहरु पनि थिए जहाँ छिमेकीहरु एक अर्कालाई जोक सुनाइरहेका थिए ।
यी भिडियोहरु देखाइसकेपछि विद्यार्थीहरुको एक समुहलाई ४० सेकेण्डको समय दिइयो ता की उनीहरुले भिडियोका दृश्यहरुलाई आफ्नो दिमागमा रिप्ले गरुन् र आफुले देखेका कुरा आफैलाई बताउन् ।
अर्को समुहलाई भने एक पछि अर्को भिडियो देखाउँदै गए । आफ्नो मस्तिष्कमा आफै भिडियोहरु दोहोराउने पहिलो समूहका मानिसहरु हप्ता, दुइ हप्तापछि पनि आफुले भिडियोमा देखेका दृश्यहरु सम्झिने क्षमता त्यसरी मनन गर्न नपाएका समुहका मानिसमा भन्दा दोब्बर बढि भएको पाइयो ।
यसबाट के प्रमाणित भयो भने कुनैपनि घटनालाई जब हामी मस्तिष्कमा दोहोराउँछौँ त्यसलाई सम्झिने सम्भावना दोब्बर हुन्छ । यो प्रयोग तपाइँ आफै पनि गर्न सक्नुहुन्छ ।
बर्डले आफ्नो प्रयोगमा यो पनि देखे की मस्तिष्क स्क्यानबाट प्राप्त प्रमाणले पनि यो विधिबाट मानिसको स्मरण क्षमता बढ्ने पुष्टि गर्दछ ।
जो विद्यार्थीहरुले भिडियोका दृश्य तथा घटनाहरुलाई आफ्ना अन्य स्मरणहरुसँग जोडे उनीहरुमा ती घटना तथा दृश्यलाई सम्झनामा राख्ने सम्भावना अझै बढेको पाइयो ।
अर्थात् यदि कुनै कुरालाई लामो समयसम्म याद राख्न चाहुनुहुन्छ भने एक मिनेट समय निकाल्नुहोस् र त्यसलाई मस्तिष्कमा फेरि दोहोराउनुहोस् ।
त्यो घटनाको आफै रोचक वर्णन गर्ने तथा अथ्र्याउने गर्नुहोस् जसबाट तपाइँले त्यसलाई स्मरण गर्ने सम्भावना झनै बढ्दछ ।
उनका अनुसार कुनैपनि घटना तब राम्रो सँग स्मरण हुन्छ जब घटनाको तुरुन्तै पछि त्यसको विवरण तपाइँले आफैलाई बताउनुहुन्छ । बीबीसी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment