Saturday, January 9, 2016

महिला हिंसा गर्नेलाई अनौठो सजायँ, ६ महिनासम्म सडक सफा गर्नुपर्ने

महिलामाथि दुव्र्यवहार तथा हिंसा गर्ने मानिसहरुमाथि कडा भन्दा कडा कारवाहीको माग हुने गरेको छ । तर भारतमा भने महिलाहिंसाका आरोपी पुरुषमाथि अनौठो सजाय सुनाइएको छ । मुम्बइ उच्च अदालतले बिहिबार महिलामाथि दुव्र्यवहार तथा हत्याको प्रयास गर्ने चार जना अभियुक्तलाई ६ महिनासम्म सडक सफाइ गर्नुपर्ने आदेश सुनाएको हो । यो सँगै ती अभियुक्तहरुले आगामी ६ महिनासम्म पुलिसको निगरानीमा हरेक हप्ता सार्वजनिक सडकको सरसफाइ गर्नुपर्नेछ । नियमित रुपमा तोकिएको समयसम्म सडक सफाइ गरेपछि मात्र उनीहरुले सफाइ पाउनेछन् । महिलामाथि हिंसा गरेको आरोपमा सडक सफा गर्ने सजायँ पाउने आरोपीहरुको नाम अंकित जाधव, सुहास ठाकुर, मिलिन्द मोरे तथा अमित अधाक्ले हो । आफुहरुमाथि लागेको महिलामाथि दुव्र्यवहार तथा हत्या प्रयासको मुद्धाबाट सफाइ दिनका लागि उनीहरुले मुम्बइ उच्च अदालतमा अपिल गरेका थिए । महाराष्ट्रको ठाडे क्षेत्रमा गतवर्ष दशहराको मेलामा यी चार युवकहरुले रक्सी पिएर महिलामाथि दुव्र्यवहार गरेका थिए र त्यसो नगर्न आग्रह गर्ने एक व्यक्तिमाथि आक्रमण समेत गरेका थिए । आफुहरुले गल्ती स्विकार गरिसकेको र पीडितहरुसँग छलफलको आधारमा समस्या सुल्झाइसकेको भन्दै उनीहरुले अदालतमा आफुहरुमाथिको मुद्धा खारेज गर्न अपिल गरेका थिए । तर न्यायाधीशले भने आरोपीहरुले ६ महिना सामाजिक सेवा गरेपछि मात्र उनीहरुमाथि मुद्धा खारेज हुने फैसला सुनाएको छ ।

No comments:

Post a Comment