Wednesday, January 6, 2016

१८ वर्ष पहिले नै मरेकी छोरीको धुमधामसँग बिहे

उखानै छ, जिउँदाको जन्ती मर्दाको मलामी । अर्थात् जिउँदा मानिसको मात्र बिहे हुन्छ, मरिसकेपछि त घाटमा लग्ने मलामी जम्मा हुन्छन् । तर अब मरेको मानिसको पनि बिहे हुन थालेको छ । भारतमा १८ वर्ष पहिले नै मरिसकेकी एक मृत कन्याको धुमधामसँग बिहे भएको छ । अझ रोचक त के भने वधु मात्र होइन वर पनि पहिले नै स्वर्गेवास भैसकेका छन् । भारतको उत्तरप्रदेशस्थित सहारनपुरस्थित नटवाजी समुदायमा यस्तो भएको छ । यो समुदायमा मानिसहरुले मृत बच्चाहरुको उमेर पुगेपछि धुमधामसँग बिहे गरिदिने चलन छ । यसैक्रममा मिरपुरका रामेश्वर नामका व्यक्तिले १८ वर्ष पहिले मरेकी आफ्नी छोरीको बिहे मरिसकेका एक युवकसँग गराइदिएका छन् । अर्थात् बिहे गर्ने बेहुला र बेहुली दुबै धेरै अघि नै मरिसकेका थिए । रामेश्वरले हरिद्धारको गाधारोना गाउँका बासिन्दा तेजपालका मृत छोरालाई ज्वाइँ बनाएका हुन् र मृतआत्माहरुबीच हिन्दु रितिस्थिति अनुसार बिहे भयो । सदियौँ देखि चलिआएको यो प्रेतात्मा विवाहका क्रममा दुलाहा दुलहीको प्रतिकका रुपमा गुडिया राख्ने गरिन्छ विवाह मण्डपमा । मिरपुर गाउँमा बालविवाह निषेध छ । त्यसैले आफ्ना छोराछोरीहरु बच्चैमा मरेका भएपनि गाउँलेहरुले मृत छोराछोरीहरुको उमेर बालिग भएपछि मात्र बिहे गरिदिन्छन् । मरिसकेकालाई पनि बालविवाह गरिदिँदैनन् । मृत विवाह गर्नाले मरिसकेका सन्तान पनि अविवाहित रहनु नपर्ने मान्यता छ । विवाहको दिन मृत बेहुलाका घरबाट जन्तीहरु व्याण्डबाजा सहित मृत बेहुलीको घर आउँछन् । र, विवाहको सबै विधि पूरा भएपछि जन्तीलाई विदा गरिन्छ र फर्किन्छन् । मरिसकेकी छोरीको विवाह भएपनि बेहुली पक्षले बेहुलो पक्षलाई आफुसक्दो दानदक्षिणा तथा दाइजो समेत दिने गर्छन् । हाल मृत विवाह भएकी रामेश्वरकी छोरी पुजाको १८ वर्षअघि मृत्यु भएको थियो, जतिबेला उनी जम्मा २ वर्षकी थिइन् । उनको विवाह धुमधाम सँग गरिदिए रामेश्वरले । बिहेमा झण्डै ४ दर्जन जन्ती आएका थिए ।

No comments:

Post a Comment