Thursday, January 21, 2016

२० वर्षे युवतीहरुलाई दिक्क पार्ने १० प्रश्नहरु

यदि तपाइँ पनि महिला हुनुहुन्छ र उमेर २० वर्षको भएको छ भने सायद तपाइँलाई पनि पटक पटक केही प्रश्नहरु सोधिन थालेका छन् होला, जसको जवाफ दिन तपाइँलाई मन लाग्दैन । यस्ता प्रश्नहरु स्कुल, कलेजमा कम तर छिमेकी र नातेदारहरुबाट बढि सोध्ने गरिएको महसुस तपाइँले गर्नुभएको छ होला । कहिलेकाहीँ त तपाइँले मुस्कुराउँदै त्यस्ता प्रश्नको जवाफ पनि दिनुहुन्छ होला तर कहिलेकाहीँ यस्ता सवाल सुन्दैमा दिक्क लाग्छ र सोँच्नुहुन्छ, यो मानिससँग किन भेट भयो होला ? वैशालु उमेरमा हिँडिरहेका २० वर्षे युवतीलाई छिमेकी तथा आफन्तले प्राय सोध्ने प्रश्नहरु यस्ता छन्: · अझै कति पढ्ने विचार छ तिम्रो ? · विवाहको बारेमा के सोँचिरहेकी छौ ? अब त तिम्रो बिहे गर्ने उमेर पनि भयो । · आफ्नो लागि खर्च गर्ने पैसा आफै कमाउन थाल्यौ की अझै बुवाआमासँगै माग्ने गर्छौ ? · तिमीले जिवनमा के गर्न चाहन्छौ ? · आजकल तिमीसँग हिँडिरहेको, बोलिरहेको केटा तिम्रो ब्वायफ्रेण्ड हो ? · के तिमिीलाई खाना बनाउन आउँछ ? यदि दालभात पकाउन आउँदैन भने अझै समय छ सिक । होइन भने कर्मघरमा गाह्रो हुन्छ । · के आफुले चाहेको केटा अझै भेटिएको छैन ? कस्तो केटा खोजेकी ? · अब यी बच्चा जस्ता कपडा लगाउन छाड । कस्तो कपडा तिमिलाई मन पर्छ ? · अझै बिहे बारेमा मन नै गर्दैनौ, के तिमी हिजडा हौ ? · फेसबुकमा हरेक दिन कतिघण्टा बिताउँछौ ? हरेक दिन नयाँ नयाँ फोटो हालेकी हुन्छौ ।

No comments:

Post a Comment