Thursday, January 21, 2016

बाउको नाममा ‘भाइ’ थप्न र आमाको नाममा ‘भाइ’ हटाउन अदालतको आदेश

भारतका गुजराँतीहरुको नाममा भाइ तथा बेन भन्ने शव्द झुण्डिएको हुन्छ । यो शव्दले हाँसो उठाउँदैन मात्रै, गुजराँत बाहिर भारतका अन्य क्षेत्रका मानिसहरु यो कुरालाई लिएर खिसिट्युरी पनि गर्छन् । मानिसहरुले चाहे जे भनुन् तर गुजराँतीहरुका लागि यो शव्दले ठूलो माने राख्छ, किनकी यी शव्द सम्मानसूचक शव्द हुन् । सायद यहीँ भएर होला एकजना गुजराँती यिनै शव्दका लागि स्थानीय निकायको विरुद्धमा उच्च अदालतको शरणमा पुगेका छन् । गुजराँतका घनश्याम तलाविया नामका व्यक्तिको आरोप यो छ की स्थानीय नगरपालिकाले पटक पटक अनुरोध गर्दा पनि उनका बाबुको नाममा भाइ शव्द थप्न मानेन । यतिमात्र होइन, उनको आमाको नाममा भुलबस लगाइएको भाइ शव्द हटाउन पनि कर्मचारीहरुले मानेनन् । भारतीय मिडियाहरुका अनुसार घनश्यामको जन्म १९६८ को अपि्रल ३० मा भएको थियो । तर जन्मदर्ता प्रमाणपत्रमा सौराष्ट्र नगरपालिकाले उनको जन्मतिथि २९ अक्टोबर लेखिदिएको छ । यतिमात्र होइन उनको जन्मदर्ता प्रमाणपत्रमा उनका बुवाको नामका अगाडि भाइ भन्ने शव्द राखिएको छैन तर उनकी आमाको नाममा भने भाइ भन्ने शव्द विना कारण जोडिएको छ । आफ्ना अन्य सबै प्रमाणपत्रमा आफ्ना जन्ममिति तथा बुवा आमाको नाम ठीक भएपनि जन्मदर्ता प्रमाणपत्रमा मात्र फरक पारिएको घनश्यामको दाबी छ । तर नगरपालिकाले भने परिवारले दिएको जानकारी अनुसार नै जन्मदर्ता प्रमाणपत्र तयार पारिएको बताएको छ । आफ्नो जन्मदर्ता प्रमाणपत्रमा गरेको गल्ती सुधार्न नमानेको भन्दै घनश्यामले गुजराँत उच्च अदालतको ढोका ढक्ढकाएपछि अदालतले उनका पक्षमा फैसला सुनाएको छ । अदालतले नगरपालिकाले जन्मदर्ता प्रमाणपत्रमा भएको गल्ती सुधार्न इन्कार गर्नु नियमको उल्लंघन भएको ठहर गर्दै घनश्यामको जन्मदर्ता प्रमाणपत्रको गल्ती सुधार्न निर्देशन दिएको छ ।

No comments:

Post a Comment